संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गर्ने सरकारको घोषणा

२०८२ बैशाख १९, शुक्रबार प्रकाशित

सरकारले संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

यस्तै कार्यक्रममा​ निजामती कर्मचारीहरूको मनोबल उच्च बनाइने पनि उल्लेख छ। संघीय सशान  प्रणालीमा सेवा प्रवाहको प्रभावकारिताका लागि तीनै तहका सरकारका काम कारबाहीमा सहकार्य गरिने सरकारले जनाएको छ।

Write your Comment