एमाले निजगढको अध्यक्षमा तिलक घलान विजयी,कस्ले कति पाए मत

२०८२ बैशाख २२, सोमबार प्रकाशित

नेकपा (एमाले) निजगढ नगर कमिटीले निर्वाचन बाट नयाँ नेतृत्व पाएको छ ।

अध्यक्ष पदमा तिलक घलानले १७९ मत प्राप्त गरि बिजयी भएका छन भने जयराम कुवरले ९५ मत पाएका छ्न घलान फराकिलो मतान्तरले विजय भएका हुन्।
त्यसैगरी घलान प्यानलका उपाध्यक्षमा सम्झना थापा, सचिवमा थानेश्वर सापकोटा, उपसचिवमा पुरुषोत्तम भट्टराई निर्वाचित भएका छन् । त्यसैगरि उपसचिव (महिला) जानुका न्यौपाने निर्विरोध भएका छन् । ५० जना सदस्य वडाबाटै सहमति जुटेर निर्विरोध निर्वाचित भईसकेका छन् ।

दुई सय ९८ मतदाता रहेको निजगढमा दुई सय ८९ मत खसेको थियो ।

कसको कति मत

अध्यक्ष :
जयराम कुमार– ९५
तिलक घलान– १७९
उपाध्यक्ष :
जितबहादुर तामाङ्ग १००
सम्झना थापा लामिछाने–१६७
सचिव :
थानेश्वर सापकोटा– १८४
प्रेमबहादुर कार्की– ८५
उपसचिव :
पुरुषोत्तम भट्टराई–११५
विजय तिमल्सिना–५९
हरि बर्तौला–६१
सुरेश शर्मा–५

Write your Comment