बारा २४ जेठ :
दोस्रो जितपुरसिमरा क्रिकेट कप प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ। जितपुरसिमरा स्पोर्ट क्लबको आयोजनामा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहाको क्रिकेट फिल्डमा सुरु भएको क्रिकेट कपको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री तथा संविधानसभाका सदस्य पुरुषोत्तम पौडेलले गर्नुभएको छ।
उद्घाटन गर्दै पौडेलले नेपालमा क्रिकेट खेलको महत्व अत्यन्त बढेको उल्लेख गर्नुभयो उहाँले सरकारले क्रिकेट खेलको लागि पर्याप्त ध्यान दिन सुरु गरेको प्रति संघीय सरकारलाई धन्यवाद दिनुभयो । पुर्वमन्त्री पौडेलले प्रदेश तथा स्थानीय तहको सरकारले पनि कुल बजेटको एक प्रतिशत बजेट खेलकुदका लागि छुट्याउन आग्रह गर्नुभयो।
उद्घाटन कार्यक्रममा प्रदेश सभाका सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष चयन गुरुङ, क्रिकेट सङ्घ मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवाल, नेकपा माओवादी केन्द्रका बेनी तिमल्सिना,सुभारम्भ कलेजका प्रमुख शम्भु मण्डल लगायतले बोल्नुभएको थियो।
जितपुरसिमरा स्पोर्ट क्लबका अध्यक्ष सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह ठकुरी, डुमरबाना कलेजका उपप्रमुख किशोर शर्मा,रबिन्द्र खकुरेल,शुक्र श्रेष्ठ कार्यपालिका सदस्य अर्जुन रसाइली ,राजकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत सुशान्त ठकुरीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो। उद्घाटन खेल आयोजक टिम र रौतहटको बीचमा भएको छ। सो प्रतियोगितामा छ वटा टिमले भाग लिनेछन्।