हेटौंडा औद्योगिक क्षेत्र स्थित गोर्खा लहरी प्रा. लि. मा सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले भारी मतका साथ विजयी हासिल गरेको छ।
नेकपा एमाले निकट जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) र नेकपा (माओवादी) निकट
अन्टुफ आवद्ध अखिल नेपाल औद्योगिक मजदुर संघ बिच प्रतिस्पर्धा भएको थियो ।
कुल १०७ मतदाता रहेको निर्वाचनमा व्हिनले ६४ मत र अखिलले ४३ मत प्राप्त गरेको थियो । २१ मतको भारी अन्तरले बिजयी हासिल गर्दै हालसम्म सम्पन्न भएका ४ निर्वाचन मध्ये ३ पटक व्हिनले बिजयी हासिल गरेको छ ।
बिजयी व्हिनले हेटौंडा औद्योगिक क्षेत्र परिक्रमा गरि आयोजित कोणसभालाई व्हिनका अध्यक्ष आनन्द थामीले श्रमिक पक्षिय काम र नीतिका कारण व्हिनलाई श्रमिकले विश्वास गरेको धारणा राख्दै जिम्मेवारी पुर्वक उत्पादन, अनुशासन र श्रमिकको पक्षमा काम गर्न सुझाव सहित निर्वाचित टीमलाई बधाई दिनु भएको थियो ।