पाँचथरमा बेलिब्रिज खस्दा बाराको फत्तेपुरका तीन जनाको मृत्यु, तीन घाइते

२०८२ अषाढ १, आईतबार प्रकाशित

मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा बारा जीतपुरसिमरा उपमहानगरपालिकाका तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

बेलिब्रिज खस्दा जीतपुरसिमरा १२ का २२ वर्षीय रुपलाल चौधरी, २२ वर्षीय राकेश चौधरी, २७ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । उनिहरुले उपचारका क्रममा ज्यान गुमाएका थिए ।

यसैगरी घटनामा फत्तेपुरकै २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृतक र घाइते सबै निर्माणाधीन बेलिब्रिजमा मजदुरकारुपमा कार्यरत थिए । २०८० असार २ गतेको बाढीले उक्त ठाँउमा रहेको पक्की पुल बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । उक्त बेलिब्रिज समेत २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक बेलिब्रिज निर्माण गर्ने काम भईरहेको थियो ।
सो घटनाको तथ्य तथ्य पत्ता लगाउनका लागि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।

Write your Comment