एन्टारटिका बिस्कुटको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट व्हिन बिजयी

२०८२ अषाढ ६, शुक्रबार प्रकाशित

हेटौंडा ६ असार :

हेटौंडा औद्योगिक क्षेत्र स्थित एन्टारटिका बिस्कुट प्रा. लि. मा सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा एमाले निकट जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियनले ७७ मतको अन्तरले विजयी हासिल गरेको छ।

कुल ३२५ मतदाता मध्ये खसेको मत ३२१ रहेको थियो ! जस मध्ये व्हिनले १९९ मत र अखिलले १२२ मत प्राप्त गरेको थियो !

निर्वाचन पश्चात् बिजयी जुलुसले हेटौंडा औद्योगिक क्षेत्र परिक्रमा गरेको थियो ! उक्त जुलुसलाई व्हिनका अध्यक्ष आनन्द थामी, जिफन्ट बागमतीका उपाध्यक्ष अर्जुन अर्याल, व्हिन जिल्ला अध्यक्ष केशव अधिकारी, जिफन्ट नगर अध्यक्ष शम्भु लामा लगाएत श्रमिक नेताहरुले बधाई तथा शुभकामना दिनु भएको थियो !

उक्त जुलुस सभाको अध्यक्षता शुभराज थिङ्ग र सहजीकरण बिश्वराज बजगाईले गर्नु भएको थियो भने नेकपा एमाले निकट जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) र नेकपा (माओवादी) निकट अन्टुफ आवद्ध अखिल नेपाल औद्योगिक मजदुर संघ बिच प्रतिस्पर्धा भएको थियो ।

Write your Comment