बारामा एकीकृत समाजवादीको अध्यक्ष सहित वडा कमिटी एमालेमा समाहित

२०८२ श्रावण २६, सोमबार प्रकाशित

बारा २६ श्रावण :

नेकपा एकीकृत समाजवादीको जीतपुसिमरा उपमहानगरपालिका वडा नं. १० का वडा कमिटीका अध्यक्ष सहित १४ सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सिमरामा आयोजित एक कार्यक्रमकाबीच वडा कमिटी अध्यक्ष टईट महतो, सचिव जोगी हजरासहित नगर कमिटी सदस्य र वडा कमिटी सदस्य एमालेमा प्रबेश गर्दै समाहित भएका हुन् ।

एमाले प्रवेश गर्ने अन्यमा एकीकृत समाजवादीको जीतपुरसिमरा नगर कमिटी सदस्य लालबाबु पाण्डे, वडा नं. १० को वडा कमिटी सदस्य मदन दास, मनोज यादव, मोइत महतो, श्यामबिहारी महतो, वीरेन्द्र महतो,बिजयमल ठाकुर, रामानन्द हजरा,राजवंशी हजरा, जंगबहादुर साह,रमेश महतो, मदन महतो रहेका छन् ।
एमाले पोटिलव्यूरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह,एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, एमाले प्रदेश कमिटी सदस्य एवम् मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी,किशोर शर्मा, एमाले नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतले उनीहरुलाई स्वागत गरेका थिए ।

नगर कमिटी अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य कमलेश झा, एमाले बाराका सचिव अमृत शर्मा बजगाईं, एमाले नेता कृष्ण खनाल,एमाले नगर उपाध्यक्ष कैमुदिन अंसारी एमाले वडा नम्बर २ का अध्यक्ष रविन्द्र खकुरेल वडा नम्बर ३ का अध्यक्ष सुक्र श्रेष्ठ ,जीतपुरसिमरा वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ त्यसैगरी १६ का वडाध्यक्ष हरिदेव खरेल लगायतको उपस्थिती रहेको थियो ।

सो वडामा एकीकृत समाजवादीले वडा अध्यक्ष संजय पटेल सहित तीनजना सदस्य जितेको छ। वडा कमिटी एमालेमै फर्किएपछि वडा अध्यक्ष संजय पटेल पनि एमालेमा प्रवेश गर्ने तयारीमा छन् तर कानुनी अड्चन भएका कारण एमालेमा प्रवेश नगरेको स्रोतले जनाएको छ।

Write your Comment