एनआरएन क्यानडाको क्यालगरीमा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

२०८२ श्रावण २७, मंगलबार प्रकाशित

श्रीराम रेग्मी
क्यानडा २७ श्रावण :

एनआरएन क्यानडाको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम क्यालगरी शहरमा सम्पन्न भएको छ । हालै सम्पन्न एनआरएन क्यानडाको निर्वाचनबाट बिजयी अध्यक्ष जगन सापकोटा लगायत क्यालगरी क्षेत्रबाट निर्वाचित पदाधिकारी संगको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । एनसिसिएसको रिसोर्स सेन्टरमा आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई संस्थाका निवर्तमान अध्यक्ष माधव दुलालले खादा तथा प्रमाण पत्र प्रदान गरेका हुन् । उक्त अबसरमा बोल्दै निर्वाचित अध्यक्ष सापकोटाले आफ्नो आगामी कार्यकालमा क्यानडामा बसेका गौरआवासिय नेपालीको हकहित तथा नेपालको बिकासमा प्रतिवद्ध भएर लाग्ने समेत उल्लेख गरेका छन् । संस्थाका निवर्तमान अध्यक्ष दुलालले आफ्नो कार्यकालमा एनआरएन क्यानडाले धेरै राम्रो कामको सुरुवात गरेको बताए । उनले निर्वाचनका क्रममा केहि बिबाद देखिएपनि अन्तत सबै एकजुट भई निर्वाचन सम्पन्न गर्न सफल भएकोमा सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा संस्थाका आईसिसि सदस्यहरू कमल भट्टराई तथा दिनेश घिमिरे, वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल,पश्चिम क्षेत्र उपाध्यक्ष बिशाल थापामगर, महिला उपाध्यक्ष समिक्षा कार्की, महासचिव शर्मिला रानाभाट, एनसिसि सदस्यहरू खुमा पाण्डे,प्रिन्जिया ढुंगेल,भिम तिवारी लगायत क्यालगरीमा रहेका बिभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण महासचिव शर्मिला रानाभाट र एनसिसि सदस्य प्रिन्जिया ढुगेलको रहेको थियो ।

Write your Comment