पूर्व मन्त्री पुरुषोत्तम पौडेललाई मातृशोक

२०८२ आश्विन ४, शनिबार प्रकाशित

बारा ४ असोज :
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई मातृसोक परेको छ। पौडेलकी माता रत्नकुमारी पौडेलको बिहिबार उपचारको क्रममा अस्पतालमा निधन भएको हो।
स्वर्गीय पौडेलको निजगढ स्थित आफनै गाउँमा रहेको बकैया नदीमा अन्त्येष्टि गरिएको छ। स्वर्गीय पौडेलका चार छोरा पुरुषोत्तम पौडेल ,नवराज पौडेल,नवीन पौडेल,बबिन पौडेल र तीन छोरी रहेका छन्। स्वर्गीय पौडेल सामाजिक ब्यक्तित्व पार्टीको सेल्टरदाताको रूपमा रहनुभएको थियो।

Write your Comment