स्व. कृष्ण प्रसाद न्यौपानेको श्रद्धाञ्जली सभा सम्पन्न

२०८२ कार्तिक ९, आईतबार प्रकाशित

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीद्वारा जितपुरसिमरा ३ रामबन निवासी एमालेका नेता तथा मानव अधिकार एलायन्सका बारा जिल्ला सचीव कुबेर न्यौपानेको बुवा स्व.कृष्ण प्रसाद न्यौपानेको असमायिक निधन भएको ९ औं दिनमा भेटघाट तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

कार्यक्रममा एमाले मधेस प्रदेश सचीव मनोज पौडेल ,प्रदेश सभा सदस्य देवनारायण चौधरी,उपप्रमुख भोलाप्रसाद अधिकारी,एमाले नगर अध्यक्ष त्रिलोक ठकुरी,उपाध्यक्ष क्यैमुदिन अन्सारी,एमाले नेता अमृतलाल श्रेष्ठ, कमला घिमिरे,वडा सदस्य चीन बहादुर पाख्रीन ,शर्मिला तमाङ.कमला वाइबा,राजु गौतम,शुक्र श्रेष्ठ,कमरूल अंसारीलगायत उपस्थितिमा स्व. न्यौपानेले समाजमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

Write your Comment