एमाले जितपुरसिमरा वडा नम्बर ६ को अध्यक्षमा फजेल हक अन्सारी पुन: निर्वाचित

२०८२ कार्तिक २२, शनिबार प्रकाशित

नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको अध्यक्षमा फजेल हक अन्सारी पुन निर्वाचित हुनुभएको छ। आज सम्पन्न तेस्रो वडा अधिवेशनले अन्सारीलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको हो। उपाध्यक्षमा गुलमान अन्सारी सचिवमा आजिर अन्सारी उपसचिवमा रामाश्र चौधरी त्यसैगरी महिला उपसचिवमा मित्रा ढुङ्गाना रहनुभएको छ। त्यसैगरी सदस्यहरूमा उत्ताउला अन्सारी, रबिन आचार्य लगायत ३१ जनाको कमिटी निर्वाचित भएको एमाले जितपुर सिमरा उपमहानगर कमिटीका उपाध्यक्ष कैमुदिन अन्सारीले जानकारी दिनुभयो। अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सरस्वती देवी चौधरी, मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटीका सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरी, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम फजेलल हक अन्सारीको अध्यक्षतामा क्यैमुदिन अन्सारीको सहजीकरणमा सम्पन्न भएको थियो।


जितपुर सिमराका २४ वटै वडामा जन भेला सम्पन्न
नेकपा एमाले केन्द्रीय कमिटीको आह्वानमा आज जितपुरसिमराका २४ वटै वडामा जनभेला सम्पन्न गरेको छ । भेलामा पार्टीका नेताहरुले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी कार्तिक २५ गते सिमरामा उपमहानगरपालिका स्तरीय जनप्रदर्शनको आयोजना गर्ने नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहले जानकारी दिनुभयो ।

Write your Comment