जितपुर सिमरा उपमहानगरपालिका वडा नं.-१४ रजघट्टामा नेकपा एमाले वडा कमिटीद्वारा आयोजित वडास्तरीय जनभेला आज सम्पन्न भएको छ नेकपा एमालेका सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तत्कालिन नेकपा माओवादी केन्द्र परित्याग गरि पुर्व कार्यपालिका सदस्य राम दुलारी चौधरीसहित ३१ जना एमाले प्रवेश गरेका छन् । चौधरी २०७४ सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको थियो।
माओवादी विघठन भइसकेको हुनाले आफूहरू एमालेमा प्रवेश गरेको र नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीले जनताको पक्षमा कुनै काम गर्न नसक्ने भएकोले एमालेमा प्रवेश गरेको चौधरीले बताउनुभयो।
कार्यक्रमका पूर्वमन्त्री पौडेलले चौधरी लगायतलाई एमालेमा प्रवेश गराउनुभएको थियो। सो अवसरमा बोल्दै पौडेलले जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले भएकोले नेपाली जनता एमालेकै पक्षमा भएको स्पष्ट पार्नुभयो उहाँले जनताले एमालेलाई नै पत्याएको उहाँको भनाइ थियो। कार्यक्रममा प्रदेश कमिटी सदस्य चयन गुरुङ जिल्ला कमिटी सदस्यहरु सिमाठकुरी, सुनिता सापकोटा,नगर सचिब रबिन्द्रराज भण्डारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम वडा कमिटीका अध्यक्ष यमनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।
