मधेसका नेता महासेठ एमालेको उपमहासचिब र पौडेल सचिबमा प्रतिस्पर्धा गर्दै

२०८२ पौष १, मंगलबार प्रकाशित

काठमाडौ १ पौष :
मधेस प्रदेशका दुई नेता नेकपा एमालेको एघारौं महाधिवेशनमा पदाधिकारीमा भिड्दैछन्। मधेसमा राम्रो पहिचान बनाएका एमाले नेता रघुवीर महासेठ र पुरुषोत्तम पौडेल पदाधिकारीमा चुनाव लडिरहेका लडिरहनुभएको छ।
रघुवीर महासेठ उपमहासचिवमा चुनाव लड्दै हुनुहुन्छ भने पुरुषोत्तम पौडेल सचिवमा चुनाव लडिरहनुभएको छ ।
महासेठ यसअघि पार्टीको सचिव हुनुहुन्थ्यो । नेपाल सरकारको उपप्रधानमन्त्री समेत चलाइसक्नुभएको छ । धनुषा जिल्ला घर भएका महासेट मधेशमा लोकप्रिय नेताको रुपमा चिनारी बनाउनुभएको छ। उहाँ केपी शर्मा ओली समूहबाट उपमहासचिवमा उम्मेदवार बन्नुभएको हो।
त्यसैगरी पोलिटब्युरो सदस्य पौडेल यस अघि नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री चलाइसक्नुभएको छ । पौडेल मन्त्रीरहदा युवा ऐन बनाएर युवा परिषद समेत गठनको बाटो खोल्नुभएको थियो। बारा जिल्ला घर भएका पौडेल मधेसमा सांगठनिक अनुभव भएका स्थापित नेताको रूपमा पहिचान बनाउनुभएको छ। पौडेल ईश्वर पोखरेल समूहबाट सचिवमा प्रतिस्पर्धा गरिरहनु भएको छ।
अहिलेसम्म मधेसले एकजना मात्र पदाधिकारी पाएको थियो। यसपटक एमालेको महाधिवेशनमा दुईदुई जना पदाधिकारीमा चुनाव लडिरहँदा मधेसका महाधिवेशन प्रतिनिधिहरूमा उत्साह छाएको देखिन्छ ।

Write your Comment