बाराको निजगढमा बुधबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका ७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकस्थित एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल लगिएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेले जानकारी दिए ।
सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.०२–०४२प ९८२४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट गुडिरहेको बागमती प्र.०३–००४प ३६६१ नम्बरको मोटरसाइकलसंग ठोक्किएको थियो । श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल र ढुंगानाले ९८२४ नम्बरको मोटरसाइकल चलाईरहेको प्रहरीले जनाएको छ ।
