मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पाए विश्वासको मत

२०८३ जेष्ठ ८, शुक्रबार प्रकाशित

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम ९४० बमोजिम उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा उपस्थिति १०० जना सांसदको उपस्थिति पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेकोले विश्वासको मत पारित भएको सभामुख राम आशिष यादवले जानकारी दिए ।

Write your Comment