बर्दिवास ३० जेठ :
नेकपा एमाले मधेश प्रदेश कमिटीले मधेस प्रदेशमा पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। स्थानीय तहको बजेट निर्माण र कार्यान्वयनका बारेमा प्रशिक्षण दिएको नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिनुभयो । आज सम्म गरेको कामको समीक्षा गरि आगामी बजेट कसरी निर्माण गर्नका लागि प्रशिक्षण दिइएको पौडेलले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम र बिज्ञ गणेश तिमल्सिना र नवराज गेलालले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा बोल्दै गौतमले स्थानीय तहको बजेट जनताको मन छुने गरी बनाउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो।
त्यसैगरी मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय पार्टी सगको सहकार्यमा बजेट निर्माण आग्रह गर्नु भएको थियो ।
अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिब मनोज पौडेल र उपाध्यक्ष बिचारी यादवले स्वागत गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु अच्युत मैनाली,प्रभु हजरा,मो कैस,प्रदेशका श्रम तथा यातयात मन्त्री सारदा थापालगायत स्थानिय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
