एमालेको भातृ संगठन खेलकुद महासंघको अध्यक्षमा दाहाल

२०८३ अषाढ २४, बुधबार प्रकाशित

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल निर्वाचित हुनु भएको छ । महासङ्घको केन्द्रीय कमिटीको बैठकले दाहाललाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको हो ।
यसअघि महासङ्घको अध्यक्ष परशुराम बस्नेत रहनुभएको हो। बस्नेत नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाहाललाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो। अन्य पदाधिकारी यथावत राखिएको छ। महासङ्घ केन्द्रीय कमिटी बैठकको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो।

Write your Comment