क्यालगरी नेपाली मेला भव्यरूपमा सम्पन्न, महेश र अस्मिताले झुमाए दर्शक

२०८३ श्रावण ३, आईतबार प्रकाशित

श्रीराम रेग्मी

क्यालगरी क्यानडा


क्यानडाको क्यालगरीमा जुलाई १८ शनिबार आयोजित नेपाली मेला भव्यरूपमा सम्पन्न भएको छ । क्यालगरीको प्रेरी विन्डस् पार्कमा भएको मेलामा हजारौ नेपालीहरूको सहभागिता रहेको थियो ।

बिहान १० बजे देखि राती ९ बजेसम्म संचालन भएको मेलामा करिब ७ हजार जनाले अवलोकन गरेको मेला संयोजक श्रीकान्त अर्यालले जानकारी दिए । उनले यो बर्षको मेलामा अघिल्लो बर्ष भन्दा अझ धेरैको सहभागिता रहेको समेत वताए ।

मेलाको मुख्य आकर्षण रहेका नेपालका ख्यातीप्राप्त गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले आफ्नो सांगितिक प्रस्तुती मार्फत अबेरसम्म दर्शक झुमाए । नेपाली मेलामा दर्शकको उल्लेखिय उपस्थितिले नेपालको रौनक झल्किएको समेत उनीहरूले वताए। उनीहरू संगै अन्य स्थानीय कलाकारहरूले समेत आफ्नो प्रस्तुती मार्फत दर्शक बाधेर राखे ।

मेलामा नेपाली झाकि,परेड, बिभिन्न जातजातीको पहिचान झल्किने प्रस्तुति, नेपाली खानाका परिकार, मौलिक पन्चेबाजा, लोक भजन, लोक नृत्य तथा अन्य देशको समेत लोक नृत्य रहेको थियो ।

मेलामा क्यालगरी क्षेत्रका बिशिष्ट व्यक्ति तथा संस्थाहरूका प्रतिनिधिहरूको समेत सहभागिता रहेको संयोजक अर्यालले जानकारी दिए ।मेलाको सहजीकरण सुर्य अधिकारीको रहेको थियो ।

 

Write your Comment