बाराको जीतपुरसिमरा-२४ हरपुरमा रहेको नेरा माविलाई नमूना विद्यालय बनाउन मन्त्री सिंहद्वारा बजेट दिने प्रतिबद्धता

२०८३ आश्विन १०, शनिबार प्रकाशित

सिमरा १० असोज :
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । विद्यालयलाई नमूना बिध्यालय बनाउने उद्देश्यका साथ मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको सिफारिसमा निर्णय भएको हो ।

यसै क्रममै मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले विद्यालयको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री सिंहले विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र स्थानीय युवासँग अन्तरक्रिया गरेका थिए ।
सो अवसरमा शिक्षक अभिभावकले राम्रो भवन बनाइदिन आग्रह गरेका थिए भने विद्यार्थीले साइन्स ल्याव र विभिन्न विषयको शैक्षिक सामग्री साथै डिजिटल बोर्ड, कम्प्युटर ल्याब बनाइदिन मन्त्री सिह सग आग्रह गरेका थिए। स्थानीय र विद्यार्थीको माग बमोजिम मन्त्री सिंहले चालु आर्थिक वर्षभित्रै सात करोड ५० लाख रुपैयाँको बजेटबाट नयाँ भवन निर्माणसहित नमूना विद्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार र शैक्षिक कार्यहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रदेश सरकार गुणस्तरीय र उत्कृष्ट शिक्षा प्रदान गर्न निरन्तर लागिपरेको जानकारी गराउँदै मन्त्री सिंहले विद्यालयको समग्र विकासका लागि सधैँ अग्रसर भएर लाग्न स्थानीय र राजनीतिक दलसँग आग्रह गरेका छन् । उक्त निरीक्षण कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठ,त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, एमाले बाराका अध्यक्ष अद्यानन्द पाण्डे, पूर्व वडा अध्यक्ष इलियास देवान, रवीन्द्र खकुरेल र सेराजुल अन्सारीलगायत स्थानीय प्रतिनिधि तथा राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।

Write your Comment

↑