नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका ८ नम्बर वडा कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामेश्वर महतोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ।
कमिटीको उपाध्यक्ष रामानन्द महतो, सचिब उपेन्द्र सहनी, उपसचिब द्वय गम्भीरा साह, चन्दा चौधरी रहेकाछ्न ।
अधिवेशनमा केन्द्रीय सल्लाहकार सदस्य सरस्वती चौधरी, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनमा बोल्दै केन्द्रीय सल्लाहकार सदस्य चौधरीले एमाले जनताको बीचमा रहेर काम गर्ने पार्टी भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह आग्रह गर्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै मधेस प्रदेश कमिटीका सचिव पौडेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता,कार्यकर्ता तथा शुभेच्छुकहरूबीच एकता आवश्यक रहेको बताउनुभयो। उहाँले सबै एकजुट भएर परिचालित नभए निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उहाको भनाइ थियो। पौडेलले वर्तमान सरकारले कर थोपरेर जनतामाथि घात गरेको आरोप समेत लगाउनुभयो। उहाँले एमालेले मात्रै जनताको पक्षमा काम गर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक साह ठकुरीले पार्टीले वडा अधिवेशनहरूलाई अभियानकै रुपमा सञ्चालन गरेको स्पष्ट पार्नुभयो। कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष शिवशंकर महत्तोलगायतको उपस्थिति रहेको थियो।
पुण्यदेव रायभरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन छोटेलाल चौधरी रकम गङ्गा पटेलले स्वागत गर्नुभएको थियो।
