पर्सा रास्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितिको आयोजनामा बिजया दसमी ,शुभ दिपावली ,छठपर्व र नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बहुउद्देश्य सभाहलको उद्घाटन आज एक कार्यक्रमका बीच गरिएको छ।
जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको प्रमुख अतिथि प्रदेश सभाका सदस्य देवनारायण चौधरी रहनुभएको थियो ।
कार्यक्रममा जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम,वडा अध्यक्ष कैमुद्दिन अन्सारी,माया बिक,सीता ढुंगाना,समाजसेवी मनोज पौडेल,मधुसूदन सिटौला,सत्यबहादुर श्रेष्ठ,सुमन मगर ,आशिष् श्रेष्ठ,रबिन्द्र खकुरेल,सुक्र श्रेष्ठ लगायत उपभोक्ता सदस्यहरुको उपस्थितमा कार्यक्रम सप्पन्न भएको हो ।

सो अवसरमा कार्यक्रममा सभाहाल निर्माणमा सहयोग गर्ने जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारी र वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष माया बिकलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रमको सन्चालन पेशल मुल्मीले गर्नु भएको थियो भने स्वागत शर्मिला वाईवा ले गर्नुभएको थियो।
