नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका १९ नम्बर वडा कमिटीको आयोजनामा बिजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम इनर्वासिराको मटेरियामा सम्पन्न भएको छ ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सचिव पौडेलले सबैलाई शुभकामना व्यक्त गर्दै जनताका समस्याहरू समाधानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । सरकारले जनतामाथि कर थोपरेर जनविरोधी काम गरेको उहाँको भनाइ थियो। पौडेलले शोषित पीडित जनता समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने कुरा समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य देवनारायण चौधरी,नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे,जिल्ला सचिवालय सदस्य तथा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी,सचिवालय सदस्य रमेश चौधरी,जिल्ला सदस्य सुदनदास तत्मा,नगर उपसचिव अलोपिया चौधरी,क्युपेक बाराका अध्यक्ष श्रीपाल दास लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
वडा कमिटीका अध्यक्ष रामनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुशील चौधरीले गर्नुभएको थियो।
