एमालेको जितपुर सिमरा वडा नम्बर १० मा वडा अधिवेशन सम्पन्न

२०८३ कार्तिक ८, शनिबार प्रकाशित

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० कमिटीको वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज अच्युत मैनालीको प्रमुखआतिथ्यतामा सम्पन्न भएको हो । वडा कमिटीका अध्यक्ष नवल महत्वको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू मोबिन आलम,सरस्वती चौधरी ,मनोज पौडेल,सुन्दर बिक ,देवनारायण चौधरी ,दिनेस्वर ठाकुर ,त्रिलोक ठकुरी ,सुनिल गुप्ता ,अनिल तिवारी ,रबिन्द्र खकुरेल,राजकुमार न्यौपाने ,रामकुमार महतो,सन्जय पटेललगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले राम कुमार महत्तो अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरेको छ। जसको उपाध्यक्ष बिजयमल ठाकुर ,सचिब लाल बाबु पाण्डे
उपसचिब इन्दु देबी पासवान लगायत रहनुभएको छ ।

Write your Comment

↑