नेकपा एमालेको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा तेस्रो वडा अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशनको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज अच्युत मैनाली रहनुभएको थियो भने अधिबेशनको एमालेका नेता तथा पूर्वमन्त्री पूर्व पुरुषोत्तम पौडेलले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो।
अधिबेशनमा सरस्वती चौधरी ,मनोज पौडेल, ,देवनारायण चौधरी,ईश्वर ढकाल, वीरेन्द्र यादव ,बिनोद यादव लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सुन्दर बिक,सिमा ठकुरी,रबिन्द्रराज भण्डारी ,अनिल तिवारी,सुनिल गुप्ता,रबिन्द्र खकुरेल,मनोज रायलगायतको उपस्थिति रहेको थियो ।
वडा कमिटीका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनले सन्तोस कुमार यादबको अध्यक्षतामा उपाध्यक्ष उर्मिला चौधरी ,उप सचिब रामधारी चौधरी र महिला उप सचिब बिनिता चौधरीलाई सर्वसहमतिले चयन गरेको छ भने पहिलो बैठकबाटै रिक्त रहेको सचिव मनोनित गर्ने गरि २५ सदस्यीय कमिटी चयन गरिएको छ।
