नेकपा एमाले परसौनी गाउँपालिका कमिटीद्वारा विभिन्न चाड पर्वको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अच्युत मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू बलवीर चौधरी ,एकवाल मिया र मोबिन आलम ,मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, मधेस प्रदेश सचिवालय सदस्य सुन्दर बहादुर विश्वकर्मा ,जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे लगायतले चाडपर्वलाई नेपालीहरूको बीचमा भाइचाराको सम्बन्ध स्थापित गर्दै पार्टीलाई थप मजबुत बनाएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
पालिका कमिटीका अध्यक्ष नाजिर हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवालले स्वागत गर्नुभएको थियो भने शशिकान्त ठाकुरको सहजीकरणमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू अमर यादव ,धर्मदेव यादव, उमेश गुप्ता, सुनिल पाल, रफिक हवारी, प्रतिनिधि सभा क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक ध्रुब यादव, टिना सुबेदि,परवानीपुर गाउँ पालिका कमिटीका अध्यक्ष राम यादव,विश्रामपुर पालिका कमिटीका अध्यक्ष मनिर देवान,गजेन्द्र पटेल, नागेन्द्र ठाकुर ,अशेश्वर गुप्ता ,सरोज साह,पर्सौनीका वडा अध्यक्षहरू इस्लाम अन्सारी, सन्तोष शाह, लालबाबु मुखिया लगायत ठूलो सङ्ख्यामा पार्टीका नेता कार्यकर्ता समर्थक शुभचिन्तकको उपस्थिति रहेको थियो।