जसपाको दाउपेचका कारण मधेश प्रदेशको सरकार गठनमा अन्योल

२०८३ मंसिर ५, शनिबार प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) ले अपनाएको दाउपेच र दोहोरो चरीत्रका कारण शुक्रवार मधेस प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय घर्किएको छ । एका तर्फ नेकपा एमाले र नेकपालाई अल्झाएर समयसिमा भित्र संयुक्त सरकार बन्न नदिने अर्को तर्फ संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा ठुलो दलको नाताले मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाइ आग्रह गर्ने जस्तो दोहोरो चरीत्र देखाएको छ । यसले मधेशमा सरकार गठन गठनमा अन्यौल बनेको छ ।
नेताहरुबाट प्राप्त जानकारी अनुसार हिजो दिनभरि नेकपा एमाले,जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा नेताहरूबीच सरकार गठनका विषयमा लामो छलफल भयो। नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको निवासमा बैठकमा जसपा नेता बिचमा करिब करिब सहमति भयो । बैठकमा करिब तीन घण्टासम्म छलफल चलेपछि नेकपाका नेता युवराज भट्टराईसमेत सहभागी भए। त्यसपछि तीन दलबीच सरकार गठनका लागि सहमतिको आधार तयार गर्ने मोटामोटी समझदारी बन्यो।
तर, उक्त बैठकमा जसपाका संसदीय दलका नेता सरोजकुमार यादव उपस्थित थिएनन्।जसपाका अन्य नेताहरु भने थिए ।
छलफलपछि नेताहरू सामूहिक रूपमा नेकपाका नेता तथा अर्थमन्त्री युवराज भट्टराईको निवास पुगे। त्यहाँबाट तीन दलका नेताहरू प्रदेश प्रमुखसमक्ष बहुमतसहित सरकार गठनको दाबी पेस गर्न जाने सहमति भयो। तर, त्यसबेला पनि जसपाका संसदीय दलका नेता सरोज यादव उपस्थित भएनन्।उहा आउदैनन भने जसपाका नेताहरुले बताई रहे ।
त्यसपछि बैठकमा सहभागी जसपाका नेता सञ्जय यादवले ‘के भयो, उहाँ किन आउनुभएन म लिएर आउँछु भन्दै त्यहाँबाट बाहिरिएका थिए । तर, उनी सरोज यादवलाई लिएर फर्किएनन्।सो बैठकमा तिन दलमा जसपाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो ।
यस घटनापछि युवराज भट्टराईले जसपाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै यसलाई राजनीतिक अपारदर्शिताको संज्ञा दिए। उनले सरोजलाई बैठकमा भने जसपाका नेताहरु आउदैनन उनिहरु समय मात्रै किल गराउन खोज्दैनन छन ।‘सरकार बन्छ, जान्छ, तर उहाँहरूले हामीलाई धोका दिनुहुन्न भन्ने विश्वास थियो । अब के गर्ने भन्दै नेताहरूबीच थप छलफल भयो।
यही क्रममा समय निकै कम बाँकी रहेको अवस्थामा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव बैठकमा प्रवेश गरे। बैठकस्थलको ढोकाबाहिर रहेका सञ्चारकर्मीहरूलाई देखेपछि उनले व्यंग्यात्मक शैलीमा भने, ‘तरकारी बेच्नेवालाको अत्तोपत्तो छैन, तपाईंहरू किन्नेहरू आइहाल्नुभएको छ।’
त्यसपछि कृष्णप्रसाद यादवसहित तीन दलका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेर सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न आग्रह गर्न जाने निर्णयमा पुगे।तिन दलका नेताहरु हास्दै बैठकमा प्रदेश प्रमुख समक्ष जाने निस्के । त्यो बेलामा समेत कृष्ण यादवले नेकपा एमालेका नेता सरोज यादवलाई भनेर जो होस तपाईले महौल खुब तताउनु भएको छ ।
उता, जसपाका नेताहरू भने समयसीमा समाप्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गराउने रणनीतिमा रहेको देखिन्थ्यो।
तीन दलका नेताहरू बाहिरिएपछि जसपाका नेता लालबाबु राउतसहितको टोली प्रदेश प्रमुखसमक्ष पुग्यो। उनीहरूले संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे।
तर, प्रदेश प्रमुखसमक्ष पुगेको उक्त टोलीमा पनि सरोजकुमार यादव उपस्थित थिएनन्। करिब १० मिनेटपछि मात्रै उनी हतारिँदै प्रदेश प्रमुखको कार्यालय पुगे।
यसरी हिजो दिनभर मधेश प्रदेशमा सरकार गठनका लागि भएका राजनीतिक छलफल, सहमति प्रयास र अन्तिम समयमा देखिएको जसपाको राजनीतिक दाउपेचले प्रदेशको सत्ता समीकरणलाई थप पेचिलो बनेको छ ।

Write your Comment

↑