बारा ५ मंसिर :
बाराको सिमरामा मधेस प्रदेश सरकारले ब्यामशाला निर्माण गर्ने भएको छ।
यश आर्थिक बर्षमा निर्माण हुने गरि प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्रालयले एमाले प्रदेश सचिब तथा समाजसेबी मनोज पौडेलको पहलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा ब्यामशाला निर्माण गर्न लागेको हो । हरेक उमेर समूहकालाई व्यायाम गर्न मिल्नेगरि खुल्ला व्यायामशाला निर्माण गर्न लागिएको जनाइएको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा ब्यामशाला,पचरौतामा दास भवन र महागढिमाइमा सामुदायिक भवन निर्माण गर्ने गरि तिनवटा योजनाका लागि एक करोड रुपैयाँ बिनियोजन गरिएको हो । सिमरा बजारमा रहेको व्यायामशाला व्यवस्थित हुन नसकेको र हरेक उमेर समूहका व्यक्तिहरू निजी व्यायामशालामा जान शुल्क तिर्नुपर्ने भएकोले निःशुल्क सञ्चालन हुने गरी उच्च स्तरको लागि पहल व्यामशालामा बजेट विनियोजनका लागि गरे अनुरूप प्रदेशबाट बजेट विनियोजन भएको समाजसेवि पौडेलको भनाइ छ ।
त्यसै अनुरूप जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ ले पनि ब्यामशाला निर्माणका लागि जग्गा खोजिरहेको वडा अध्यक्ष धनबहादुर श्रेष्ठले बताउनुभयो ।

