कुनैपनि बहानामा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको काममा भांजो न हाल्न बाराका सरोकारसमितीहरु द्धारा आग्रह

२०७६ मंसिर २२, आईतबार प्रकाशित

बारा २२ मंसिर
बारामा क्रियासिल सार्वजनिक सरोकार समितीहरुले टांगियाबस्तिमा निर्माण हुनलागेको निजगढ दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा भांजो नहाल्न सबैमा आग्रह गरेका छन । बाराको सिमरामा ४ वटा सार्वजनिक सरोकार समितीहरुले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गदै जुन सुकै बहानामा बिमानस्थल निर्माणको काम अबरुद्ध गर्ने षडयन्त्र भइरहेको छ त्यसलाई स्वीकार नगर्ने उनिहरुले बताएका छ । जितपुरसिमरा सार्वजनिक सरोकार समिती,निजगढ सरोकार समिती,टांगियाबस्ति सरोकार समिती र कोल्हबी सरोकार समितीले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गदै यस्तो चेतावनि दिएका हुन ।
उनिहरुले संयुक्तरुपमा जारी गरीएको बिज्ञप्तिमा निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण प्रकृयाले जव जव गती लीन थाल्छ, यसका विरोधिहरू नया नया स्वरूपमा प्रकट हुन्छन ! अहिले उनिहरू सर्वोच्च अदालतको आडमा अन्तरकालीन आदेश सहित यसको विरोधमा प्रकट भएका छन ! वातावरण , विरूवा , अनी उपयुक्त स्थान कुनै पनी वहानाले उनिहरू सफल हुन सकेनन ! अव उनिहरू सर्वोच्च अदालतको आडमा निजगढ बिमानस्थल निर्माण कार्यमा अवरोध वनेर आई लागेका छन ! हामीलाई विश्वास छ ,सर्वोच्च अदालतले अन्तरकालीन आदेश सहित यो देश विकाशको विपक्षमा रहेको आत्मघाती रिट खारेज गर्नेछ र निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माणको मार्ग प्रसस्त गर्नेछ भनिएको छ ।
पत्रकार सम्मेलनमा पुर्व खेलकुद मन्त्रि पुषोत्तम पौडेल सर्वोच्व अदालतले उठाएका बिषयहरुको जवाफ दिन आफुहरु तयार रहेकोे बताउनु भयो । उहांले विमानस्थल निर्माण गर्दा वन्यजन्तुको आवत जावतको वाटो अवरूद्द हुने र वन्य जन्तुको जीवन सन्तुलन विग्रने विषय पनी उठान भएको उल्लेख गदै यो सामान्य ढंगले उठ्ने विषय नै हो ! तर पनी हिजो वन्य जन्तु संरक्षण को विषय उठाएर हामीले राष्ट्रिय नीकुन्ज विस्तार गर्दा हाम्रा विरूद्ध जाई लाग्नेहरू वाट नै आज यो कुरा उठ्नु चाही अझ सुन्दर विषय हो ! यस शन्दर्भमा आयोजनाले हाईवे वाट ५ देखी ७ सय मिटर सम्म वन कायम राख्ने उपाय सुझाएको छ ! जस्ले नत वन्य जन्तुको वाटो अवरूध्द हुन्छ नत उनीहरूको जीवन चक्रमै कुनै असर गर्छ ! यसै गरी काठमाडौं निजगढ फाष्ट ट्रयाक निर्माण गर्दा समेत यस विषयलाई महत्व दिईएको छ र जनावरहरूको आवत जावत लाई ध्यान राखी ओभर व्रीज वनाई हात्ती,गैडा सहितका जनावरहरूको आवत(जावत लाई सुरक्षित वनाउन विशेष ध्यान दिईएको जानकारी दिनु भयो ।
त्यसैगरी जितपुरसिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेलले जुनसुकै बहाना वा नाममा जस्ले अवरोध गर्छ त्यो जनताको नजरमा कलंकित हुने चेतावनि दिनु भयो ।
सम्मेलनमा बोल्दै निजगढ सरोकार समितीका संयोजक एक बहादुर श्रेष्ठले यो समृद्ध नेपाल निर्माणको याजना भएको दाबि गर्नु भयो ।
पत्रकार सम्मेलनमन टांगियाबस्ति सरोकार समितीका संयोजक रमेस सापकोटा,कोल्हबी सरोकार समितीका संयोजक ढुण्डिराज उप्रती,पुर्व गबिस अध्यक्षहरु देवनारायण चौधरी,भोला अधिकारी,सरोकार समितीका सदस्यहरु पेसल मुल्मी,छबिलाल शर्मा,नारायण घिमिरे,रबिन्द्र खकुरेल,बिरेन्द्र बास्कोटा लगयातको सहभागीता रहेको थियो ।

Write your Comment