रेडियो सिमराको बहस कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत सेढाइले भने “फोहर ब्यवस्थापनमा सबेको सहयोग आवश्यक”

२०७६ बैशाख ३१, मंगलबार प्रकाशित

बारा ३१ बैशाख
अव्यवस्थित बजारसँगै जितपुर सिमरा नगरपालिकाभित्रका अधिकाँश ठाउँमा ढल निकास तथा फोहोर व्यवस्थापन अहिले चुनौति बनेको छ । साथै गर्मी मौषममा लाग्ने लामखुट्टे नियञ्त्रणका लागि स्थानीय सरकारलेके गरिरहेको छ त ?यसै बिषयमा रहेर रेडियो सिमराको आयोजनामा रेडियो बहस कार्यक्रम बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरमा सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं, सिमरा प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रमा रश्मी र जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह तथा सरोकारवालाका बिचमा वहस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेढाईंले सबै कुरामा नगरपालिको भर पर्न नहुने बताउनुभयो । उहांले नगरभित्रको फोहरको समस्या सबैको रहेकोले सबैको सहकार्यमा मात्र यो समस्या समाधान गर्न सकिने जानकारी दिनुभयो । उपमहानगरपालिका नयां सोचका साथ अघि बढिरहेको जनाकारी समेत दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सेढाईंले नगर भित्र रहेका ५ ओटा वडामा नमुना फोहर ब्यवस्थापन केन्द्र बनाएर परिक्षण गरीरहेको बताउदै केहि दिनमा फोहर ब्यवस्थापनको समस्या सामाधान हुने दाबी गर्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले नगरपालिकाले शुरु गरेको फोहर ब्यवस्थापन सम्बन्धि कार्यमा उद्योगी ब्यवसायीलेपनि साथ दिने जानकारी दिनुभयो ।
यता सिमरा प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रमा रश्मीले फोहरबाट लाग्ने रोगको बारेमा जानकारी गराउदै हाल देखिएको फोहरको समस्यालाई तत्काल समाधान नगरे यसले नगरबासिलाई विभिन्न रोगको सिकार बनाउने बताउनुभयो ।
रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले जितपुर सिमराको फोहर ब्यावस्थापन गर्नु अति आवश्यक भएको बताउदै त्यसका लागि सबै गम्भिर भएर लाग्न आग्रह गनुृ भयो ।
सिता अधिकारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा भवानिपुर जितपुर गाबिसका पुर्व अध्यक्ष देबनारायण चौधरी,महिला अगुवा बिध्या थापा,देबि सापकोटा,रन्जना झा,मनोज गुप्ता,शंकर खत्रि,श्रीराम साह,रामबाबु गुप्ता,मनोज साह कार्यक्रम समुहका सत्य श्रेष्ठ,अनिल तिवारी,तुलसा घिमिरे,लगायतको सभागितारहेको थियो । जन सरोकार रेडियो बहस कार्यक्रम तपाईले मंगलबार आज ६.३० बजे र पून प्रसारण बुधबार बिहान ८ बजे सुन्न सक्नु हुनेछ । साथ नु हुनेछ ।

Write your Comment