८ जेठ, काठमाडौं ।
सरकारले संविधानसभा सदस्यहरुलाई विभूषित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई विभूषित गर्न लागेकी हुन् ।
गृह मन्त्रालयले संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’बाट राष्ट्रपतिले विभूषित गर्न लागेको जनाएको छ ।
जेठ १६ का लागि कार्यक्रम तय गरिएको जानकारी दिँदै गृहले त्यसमा सहभागी हुन संविधानसभाका सबै सदस्यहरुलाई आग्रह गरेको छ ।
गृहका अनुसार राष्ट्रपति कार्यालय, शीतलनिवासमा हुने कार्यक्रममा सुशोधन समारोहको प्रवेशपत्र पाएकाले मात्र प्रवेश पाउने छन् । प्रवेशपत्र बिना प्रवेश निषेध भएकाले भोलिदेखि जेठ १४ सम्म सुशोधन समारोहको प्रवेशपत्र लिन उसले सबै सभासदहरुलाई आग्रह गरेको छ ।
संविधान निर्माणका लागि ०६४ र ०७० मा २ पटक संविधानसभा निर्वाचन भएको थियो । जुन ६०१ सदस्यीय थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

