राज्यमन्त्री डा.झाको राजीनामाले प्रदेश नम्बर २ को सरकार संकटमा

२०७६ माघ १४, मंगलबार प्रकाशित

जनकपुर १४ माघ
प्रदेश नम्बर २को सरकार परिवर्तनको चर्चासँगै प्रदेश सरकार की पूर्वाधार विकास राज्यमन्त्री डा .डिम्पल झाले आज राजीनामा दिएकी छन् राज्यमन्त्री झाको राजीनामाले प्रदेश नम्बर २ को सरकार संकटमा पर्ने अवस्था देखिएको छ । डिम्पल झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य अनिल झाकी धर्मपत्नी हुन् डा झाको राजीनामालाई प्रदेश नं २ मा अर्थपूर्ण रुपमा हेरिएको छ राजीनामा उनले चर्को असन्तुष्टी व्यक्त गरेकी छन् ।
राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा झाले एक पत्र सार्वजनिक गर्दै राजीनामा दिएकी हुन् । उनको पत्रमा  प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ ।

Write your Comment