धनकुटाको नुनथलामा यात्रुबाहक बस दुर्घटना

२०७६ माघ २१, मंगलबार प्रकाशित

धनकुटा २१ माघ
कोशी राजमार्गको सिधुवा–बसन्तपुर सडक खण्ड स्थित नुनथलामा यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो दुर्घटना भएको हाे ।
दुर्घटनामा परी केहि यात्रु घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको प्रहरीले जनाएको छ ।

Write your Comment