इन्जिनियरहरुको सामूहिक राजीनामा : तत्काल पुनर्निर्माणको कार्यमा जुट्न पुनर्निर्माण प्राधिकरणको निर्देशन, अटेर गरे कारवाही

२०७६ बैशाख १३, शुक्रबार प्रकाशित

२०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न आमसञ्चार माध्यममा आएको जानकारीप्रति थम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु सम्बोधन भइसकेको अवस्थामा इन्जिनियरहरुले राजीनामा दिएको भन्दै प्राधिकरणले नियतमाथि प्रश्न उठेको अरोपसमेत लगाएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं । तर, दिउसो कार्यक्रम गरी सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको छ ।’

Write your Comment