भोलिदेखि एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

२०७६ चैत्र ९, आईतबार प्रकाशित

काठमाडौं ९ चैत्र

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।
स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । सीमाक्षेत्रमा कोरोना संक्रमित देखिएपछि सिमा नाका बन्द गर्ने निर्णय भएको हो ।

Write your Comment