कन्टेनर चढेर आएका यात्रुलाई बीरगजमा क्वारेन्टाइनमा राखियो/चालकलाई कारबाही गरिने

२०७६ चैत्र १२, बुधबार प्रकाशित

बीरगंज १२ चैत
देशमा भएको लकडाउन उल्लंघन गरेर काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाण्डौबाट भरतपुर, हेटौडा हुदै वीरगन्ज स्थित घण्टाघरमा गएराति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लरीका चालक शीवनारायण महरालाइ पनि नियन्त्रणमा लिएको छ ।

काठमाण्डौको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मङगलवार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाण्डौ , भरतपुर , हेटौडाबाट ती यात्रुहरु चढेका थिए । प्रति व्याक्ति २ सय रुपैया भाडा दिने शर्तमा चालकले आफुहरुलाइ लरीमा चढाएको यात्रूहरुले बताएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा , पर्सा र रौतहटका वासीन्दा हुन् । उनीहरु व्यपार व्यवसाय र मजदुरीका लागि काठमाण्डौ , भरतपुर र हेटौडामा बस्दै आएका थिए ।

हिजो देखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बारा मोतीसरका रमेश बैठाले बताउनुभयो ।

यस्तै भरतपुरबाट कन्टेनरमा चढेका पर्साको मुडलीका सन्दिप कलवारले भने चालकले लरीमा चढाउन नमानेपनि आफुहरुले हारगुहार गरेपछि मात्रै चढाएको बताउनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका लरी चालक महराले पनि आफुले यात्रुलाइ चढाउन नमानेको भएपनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताउनुभयो ।

प्रहरी निरिक्षक कुशल बर्तौलाले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरि ५३ जनालाइ स्वास्थ्य परिक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा आज बिहान पठाइएको बताउनुभयो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले लकडाउन उल्लंघन गरि यात्रु चढाउने लरीका चालकलाइ प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कार्वाही गरिने बताउनुभयो । यात्रुहरुलाइ भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाच उनीहरुको अवस्था कस्तो देख्निछ त्यसै अनुसार निर्णय गरिने उहाले जानकारी दिनुभयो ।

Write your Comment