बुटवलको कोरोना अस्पतालमा एक युवकको मृत्यु

२०७६ चैत्र १६, आईतबार प्रकाशित

रुपन्देही १६ चैत्र

बुटवल बिषेश कोरोना( अस्थायी) अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड- ९० विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो ।ती युवकमा कोरोना भाइरस नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले जानकारी दिनुभयो।

Write your Comment