ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल सिमराका सञ्चालक अग्रवाल पक्राउ

२०७६ चैत्र २५, मंगलबार प्रकाशित

काठमाडौं २५ चैत्र
महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ। ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको महाशाखा स्रोतले जानकारी दियो।
कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
जगदम्बाका संचालक अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो।
पशंकर ग्रुपले स्वास्थ्य सामग्रीमा कालोबजारी मात्र होइन सो ग्रुप द्वारा संचालित सिमरामा रहेको जगदम्बा स्टिलले अत्याधिक प्रदूषण गरेर जितपुर सिमरा बासीको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । मानव स्वास्थ्यलाई पैसासँग दाज्ने यो उद्योग र उद्योगका सञ्चालकको नियति नै बन्दै आएको छ ।

भिडियो यहाँ हेेेनु होस

Write your Comment