नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण/संक्रमितको संख्या १९१ पुग्यो

२०७७ बैशाख ३०, मंगलबार प्रकाशित

काठमाडौं

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेका छन । अब संक्रमितको संख्या नेपालमा १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो।

Write your Comment