थप २७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४०२ पुग्यो

२०७७ जेष्ठ ६, मंगलबार प्रकाशित

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिनुभएको हो । थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किनुभएको छ । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

Write your Comment