थप ३ सय १४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो

२०७७ जेष्ठ २६, सोमबार प्रकाशित

काठमाडौं २६ जेठ :
सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

Write your Comment