चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने

२०७७ अषाढ १६, मंगलबार प्रकाशित

चीनबाट फैलिएको कोभिड–१९ ले अहिले सताइरहेको बेला विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा अर्को नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।
उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन्।
तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ।
उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ।

Write your Comment