बितेको २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १०, शनिबार प्रकाशित

काठमाडौं १० श्रावण :

पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

Write your Comment