५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक ५, बुधबार प्रकाशित

काठमाडौं ५ कार्तिक :

बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

Write your Comment