खेलकूद महासंघको राष्ट्रिय भेला सुरु,ओलीका कारण पार्टीमा समस्या आएको बरिष्ठ नेता नेपालको दाबी

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित

नेपाल खेलकूद महासंघको राष्ट्रिय भेला आज राजधानीमा सुरु भएको छ । भेलाको नेकपा एमालेका बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष के पी ओलीको गलत कार्य शैली र दम्भका कारण पार्टीमा संकट आएको बताउनुभयो । उदघाटन समारोहलाई पूर्व खेलकूद मन्त्री तथा नेपाल खेलकूद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल,नेकपा एमाले केन्द्रिय सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल खेलकूद महासंघका उपाध्यक्ष एंव राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य सचिव केशव कुमार विष्ट लगायत सम्बोधन गर्नुभएको थियो । उदघाटन समारोह सम्पन्न भए पछी बन्दशत्र जारी छ ।

Write your Comment