जनता समाजवादी पार्टीका पदाधिकारीको बैठक बस्दै छ । आइतबार दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा शीर्ष ६ नेताको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको ब्रिफिङ र थप आगामी रणनीति तय गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो ।
आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने जवाफ ठाकुर र महतोले दिएका छन् । यस्तै, देउवाले ओलीलाई विश्वासको मत नदिन र त्यसपछि बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । देउवालाई पनि ओलीलाई विश्वासको मत नदिने जवाफ दिएका थिए ।