प्रदेश सभा सदस्य बिकद्वारा प्राथमिक स्वास्थ्य केन्द्रसिमरालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित

प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाइ आज एक समारोहका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । अक्सिजन सिलिन्डर १० थान ,सर्जिकल माक्स २००० पिस,डिस्पोजेवल ग्राउन १० थान,पिपिइ १० थान,सेनिटाइजर ५०० एम एल ५ पिस लगायतका स्वास्थ्य सामग्री रहेका छन् । प्रदेश सभा सदस्य सदस्य सुन्दर बि कको पहलमा प्रदेश नम्बर २ सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरीएको हो । सो अवसरमा प्रदेशसभा सदस्य सिता गुरुङ, जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेल, वडा नम्बर २ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र सिमराका अध्यक्ष तिलक बहादुर श्रेष्ठ, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल,बडा नम्बर २ का सदस्य धनबहादुर श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र सिमराका प्रमुख डा. दिपक गिरी,छबिलाल शर्मा,हरि बिक, संचारकर्मीहरुकनिल तिवारी,सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण असोक जैसवालले गर्नुभएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र सिमराले सिमरामा कोरोना संक्रमितकालागी आइसोलेशन समेत संचालन संचालन गरेको छ ।

Write your Comment