अख्तियारले छानबिन गरिरहेको धर्मशाला मन्त्रीले उद्घाटन गरेकोमा वडा अध्यक्षको आपत्ति

२०७६ श्रावण २६, आईतबार प्रकाशित

बिरगंज २६ श्रावण

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५बहुअरीका वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारले धर्मशालाको उद्घाटनमा वडा अध्यक्षलाई हिरासतमा धर्मशाला उद्घाटन गरेकोमा आपति जनाएका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष कलवारले प्रदेश २ का भौतिक तथा पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनलले प्रहरीको बलमा आफु लगायत सात जनालाई ६ घण्टा बन्धक बनाएर धर्मशालाको उद्घाटन गरेको बताउनुभयो । उहाँले बलपुर्वक प्रहरी दमनका साथ गरिएको उदघाटनले आफनो मानमर्यादाको हनन भएकोले अब आफुले कानुनी उपचार खोज्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अवस्थामा आर्थिक अनिमियतता लुकाउन मन्त्री सोनलले जवरजस्ती धर्मशालाको उदघाटन गरेको वडा अध्यक्ष कलवारले आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा संघिय समाजवादी फोरम बाराका अध्यक्ष अजय पटेल, वडा सदस्यहरु फुलमती देवी चमईन,कलिया देवी साह लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment