प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती नसच्चिएसम्म शपथ नलिने अडान लिएपछि शपथ ग्रहण अझै ढिलाई भएको छ।
मंगलबार दिउँसो राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पत्र पठाएको थियो। तर, सो शब्दमा संविधानको धारा उल्लेख गरिएको छैन।
सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो।
मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा सर्वाेच्च अदालत संवैधानिक इजलासको फैसला बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्न मुख्यसचिव शंकरदास बैरागीलाई आग्रह गरेका थिए।
६ बजेको लागि तय भएको शपथ सोही कारण ढिलाई भएको हो।







दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

