गैरआवासीय नेपाली संघले अन्तत: प्रतिनिधि शुल्क शून्य कायम गर्ने भएको छ। प्रतिनिधिको शुल्कसमेत आफैंले तिरेर उम्मेदवारहरुले करौडौं खर्च गर्ने गरेको आरोप खेपिरहेको बेला शनिबार सम्पन्न संघको ७८ औँ बैठकले दुरगामी महत्व राख्ने निर्णय गरेको हो।
संघले काठमांडौमा हुँदै आएको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी बन्ने प्रतिनिधिहरुबाट २०० डलर शुल्क लिदै आएको थियो । सयौं प्रतिनिधिहरुको शुल्कसहित जहाज टिकटको खर्च पनि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारी बन्ने होडमा उम्मेदवारहरुले नै व्यहोर्दै आएको भन्दै चर्को आलोचना हुँदै आएको थियो।
निर्वाचनका लागि उम्मेदवारको दर्ता शुल्क यथावत :
निर्वाचनका लागि उम्मेदवारी दर्ता शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै हुने भएको छ।
अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षहरु तथा महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह-कोषाध्यक्ष ४ लाख रुपैयाँ यसपटक पनि कायम नै रहने भएको हो।
महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजक तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप-संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजक दुई लाख ५० हजार रुपैयाँ र आईसीसी सदस्यहरुका लागि एक लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ।
मध्यम वर्गका एनआरएनहरुको मुख्य पदमा रही काम गर्ने अभिलाषा रहेपनि दर्ता शुल्क चर्को भएका कारण बन्चित रहेको गुनासो सुनिदै आएको थियो । संघको नवौ महाधिवेशनदेखि उम्मेदवार मनोनयन शुल्क दोब्बर गरिएको थियो