देउवालाई अदालतले प्रधानमन्त्री बनाएको होइन, संविधानको धारा ७६ (५) व्याख्या गरेको हो- प्रचण्ड

२०७८ श्रावण ३, आईतबार प्रकाशित

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरिदिएको बताउनुभएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै अध्यक्ष प्रचण्डले भन्नुभयो ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो । साथै उहांले भन्नुभयो आज पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीको बोली सुन्ने ईच्छा थियो । उहां आउनु भएन ।

Write your Comment